अवरोधकैबीच संसद्मा टेबुल भयो एमसीसी

नेपालभ्युज

अवरोधकैबीच संसद्मा टेबुल भयो एमसीसी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा सरकारमै भएका दलहरूको अवरोधकैबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबुल भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबुल गर्न अस्वीकार गरेपछि अर्थमन्त्री शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबुल गरेका हुन्।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ३० असार २०७६मा एमसीसी सम्झौता अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गरेका थिए। त्यसयता यस सम्झौताबारे सहमति हुन नसक्दा संसद्मा टेबुल हुन सकेको थिएन।

आजको संसद बैठक शुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध जारी राखेको थियो। अवरोधबीच एमसीसी संसदमा टेबुल भएको हो। यसअघि नेकपा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङ, एमाले नेता भीम रावल, नेमकिपाका सांसद प्रेम सुवाल तथा जनमोर्चाको तर्फबाट दुर्गा पौडेलले एमसीसीको चर्को विरोध गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved