‘संसद् अवरुद्ध भएको बेला एमसीसी मात्रै टेबल गराउनु उपयुक्त होइन’

‘‘लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्रै टेबुल गर् भन्नु उपयुक्त होइन।”

नेपालभ्युज

‘संसद् अवरुद्ध भएको बेला एमसीसी मात्रै टेबल गराउनु उपयुक्त होइन’
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् लामो समयदेखि अवरुद्ध रहेको बेला एमसीसी मात्रै टेबल गराउनु उपयुक्त नहुने बताएका छन्।

‘‘सरकारको तर्फबाट सदनमा एमसीसी टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वभाविक प्रक्रिया भएता पनि लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्रै टेबुल गर् भन्नु उपयुक्त होइन,” प्रचण्डलाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको छ। उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी टेबुल प्रक्रियामा लानुपर्ने अडान राखेका थिए। प्रचण्डले उक्त अडानमा फरक मत राख्दै प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved