न्याय सेवा आयोगको बैठक बस्दै, महाअभियोगपछिको पहिलो बैठकप्रति चासो

नेपालभ्युज

न्याय सेवा आयोगको बैठक बस्दै, महाअभियोगपछिको पहिलो बैठकप्रति चासो

काठमाडौं। लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरूको नाम सिफारिस, कर्मचारीहरूको सरुवा, बढुवालगायतका विषय छलफल गर्न न्याय सेवा आयोगको बैठक आज बस्दै छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बैठक बस्न लागेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाएपछि कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बस्न लागेको यो बैठकलाई चासोपूर्वक हेरिएको छ। किनकि न्यायाधीशहरूको नाम सिफारिसमा गठबन्धनले आफ्ना दल निकटका नाम सिफारिस गर्न दबाब दिएको तर, प्रधानन्यायाधीश राणाले नमानेपछि महाअभियोग दर्ता गरिएको चर्चा छ।

न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य हुन्छन्।

असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा फस्दै गएपछि बैठक प्रभावित हुँदै आएको थियो। तर, कागजी प्रक्रिया पुर्‍याएर प्रधानन्यायाधीश जबराकोमा प्रस्ताव पठाई केही निर्णय भने भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved