धर्मरायो नेपालको ब्याटिङ, नौ ओभरभित्रै चार विकेट गुम्यो

नेपालभ्युज

धर्मरायो नेपालको ब्याटिङ, नौ ओभरभित्रै चार विकेट गुम्यो

काठमाडौं। टी ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले खराब शुरुआत गरेको छ। नेपालले नौ ओभर नसकिँदै चार विकेट गुमाइसकेको छ।

नेपालका ओपनर आशिख पहिलो ओभरमै क्याच आउट भए। उनले पाँच बलमा चार रन मात्र जोडे। त्यसपछि तेस्रो ओभरमा ८ बल खेलेर कुशल भुर्तेल पाँच रन नै बनाएर क्याच आउट भए। त्यसपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १५ बलमा १५ रन बनाएर बोल्ड भए।

त्यस्तै दीपेन्द्रसिंह ऐरी पनि आउट भए। दीपेन्द्रले १८ बलमा मात्र ११ रन बनाउन सके। उनी विकेट किपरद्वारा क्याच आउट भए।

नेपालको मध्यक्रममा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र आरिफ शेख रहनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved