निर्वाचन आयोगमा दर्ता भयो नयाँ राजनीतिक दल

नेपालभ्युज

निर्वाचन आयोगमा दर्ता भयो नयाँ राजनीतिक दल

काठमाडौं। निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता भएको छ। सीबी गहतराजको नेतृत्वमा ‘सामाजिक एकता पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको हो।

गहतराजको अध्यक्षतामा गठित पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो। ३ फागुनमा बसेको निर्वाचन आयोगको बैठकले सामाजिक एकता पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो।

धर्म निरपेक्षताको पक्षधरताको रूपमा खडा हुने पार्टीको लक्ष्य रहेको अध्यक्ष गहतराजले नेपालभ्यूजलाई बताए। संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरूको अन्त्य गरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताए।

उनले धर्म निरपेक्षताका पक्षधर सबैलाई सो पार्टीमा समाहित हुन पनि आग्रह गरे।

अध्यक्ष गहतराजले पार्टीले प्रारम्भमा वडा तहबाटै हुने गरेका धार्मिक विभेद अन्त्य गर्ने अभियान चलाउने बताए। स्थानीय तह निर्वाचनमा समेत पार्टीले उम्मेदवारी दिने उनले बताए। सबै जिल्लामा संगठन विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गहतराजले सुनाए।

*शीर्षक परिवर्तन गरिएको।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved