बुटवलमा बन्द गराउँदै हिँड्ने नौ जना पक्राउ

बुटवलमा बन्द गराउँदै हिँडेका नौ जना बन्दकर्ता पक्राउ परेका छन्। मोर्चामा सहभागी नेता–कार्यकर्ता पक्राउ परेका विप्लव नेतृत्वको नेकपाले जनाएको छ।

बुटवलमा बन्द गराउँदै हिँड्ने नौ जना पक्राउ

बुटवल। विप्लव नेतृत्वको नेकपा लगायतका दल तथा मोर्चाद्वारा आह्वाान गरिएको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ। मुख्य राजमार्गहरु बिहानैदेखि सुनसान छन्।

बन्दका कारण सिद्धार्थ तथा पूर्व–पश्चिम राजमार्ग ठप्प जस्तै देखिएका छन्। सम्भावित सुरक्षा चुनौतीलाई ध्यान राख्दै बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी चोकचोकमा परिचालित छन्। शैक्षिकसंस्था, बजार तथा पसलहरु बन्द छन्।

यसैबीच, बुटवलमा बन्द गराउँदै हिँडेका नौ जना बन्दकर्ता पक्राउ परेका छन्। मोर्चामा सहभागी नेता–कार्यकर्ता पक्राउ परेका विप्लव नेतृत्वको नेकपाले जनाएको छ।

पक्राउ पर्नेहरुमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विक लगायत रहेका छन्।

उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट पक्राउ गरेको हो। सडकमा सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रनाउ ठगबहादुर केसीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved