यूईएफए च्याम्पियन्स लिगमा पीएसजीले हरायो रियल म्याड्रिडलाई 

नेपालभ्युज

यूईएफए च्याम्पियन्स लिगमा पीएसजीले हरायो रियल म्याड्रिडलाई 

एजेन्सी। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित हात पारेको छ। उसले घरेलु मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडलाई १–० ले पराजित गरेको हो।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा फरवार्ड केलियन एमबाप्पेको गोलमा पीएसजीले पाहुना टोली रियललाई हराएको हो। खेलको ६२औँ मिनेटमा लियोनल मेस्सी पेनाल्टीमा चुक्दा पीएसजी अग्रता लिन चुकेको थियो ।
पहिलो लेगको जितसँगै पीएसजीलाई क्वाटरफाइनल पुग्न सहज भएको छ। दोस्रो लेग मार्च ९ मा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved