म्याद सकिएका र नेतृत्वविहीन भ्रातृ संस्थाहरूको समिति भंग गर्ने कांग्रेसको निर्णय

कांग्रेसमा १३ भातृ संस्था र १८ ओटा शुभुच्छुक संस्थाहरु छन्। अधिकांशको लामो समयदेखि अधिवेशन हुन नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना हुँदै आएको छ।

नेपालभ्युज

म्याद सकिएका र नेतृत्वविहीन भ्रातृ संस्थाहरूको समिति भंग गर्ने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको वर्तमान समितिहरू भंग गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको कांग्रेस कार्यसमपादन समितिको बैठकले नेतृत्वविहीन र म्याद सकिएको सबै भ्रातृ संस्थाहरूमा नयाँ नेतृत्वसहितको समितिहरू चयन गर्ने निर्णय गरेको छ। १४ औँ महाअधिवेशनमा कतिपयमा भ्रातृ संस्थाका नेतृत्वहरू केन्द्रीय सदस्यमा विजयी भएपछि ती संस्थाहरू नेतृत्वविहीन भएका थिए।

कांग्रेसमा १३ भ्रातृ संस्था र १८ ओटा शुभुच्छुक संस्थाहरू छन्। अधिकांशको लामो समयदेखि अधिवेशन हुन नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना हुँदै आएको छ।

१४ औँ महाअधिवेशनपछि पहिलोपटक बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा नयाँ नेतृत्वसहितको नयाँ समिति बनाउने निर्णय गर्दै सबै अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ।

२७ गतेदेखि शुरु भएको कार्यसम्पादन समिति बैठकमा भ्रातृ संस्थाहरूको सन्दर्भसहित नौ ओटा एजेण्डा प्रस्तुत गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved