इरानले अफगानिस्तानमा इन्धन ट्रान्जिट लेन खोल्ने

मुत्ताकीले इरानी अधिकारीहरूसँगको दुई दिनको बैठकलाई राम्रो र अफगान-इरानी सम्बन्धको अवस्था सन्तोषजनक रहेको पनि टिप्पणी गरेका छन्।

नेपालभ्युज

इरानले अफगानिस्तानमा इन्धन ट्रान्जिट लेन खोल्ने

एजेन्सी। इरानले अफगानिस्तानमा तेल र ग्यासको ट्रान्जिट ढुवानीलाई अनुमति दिने भएको छ। कार्यवाहक अफगान विदेश मन्त्रीलाई उधृत गर्दै स्पुतनिक समाचार एजेन्सीले इरानले अनुमति दिने बताएको लेखेको छ।

“वास्तवमा, अफगानिस्तानलाई थप तेल र ग्यास चाहिन्छ। त्यसैले हामीले इरानसँग बैठक गर्‍यौँ र इरानी अधिकारीहरूले हामीलाई भने कि यदि हामी इरान हुँदै अन्य देशहरूबाट आयात गर्न चाहन्छौं भने, इरान आफ्नो क्षेत्रबाट पारवहन अनुमति दिन तयार छ,” अमिर खान मुत्ताकीले एक अन्तर्वार्तामा उक्त कुरा उल्लेख गरेका छन्।

मुत्ताकीले इरानी अधिकारीहरूसँगको दुई दिनको बैठकलाई राम्रो र अफगान-इरानी सम्बन्धको अवस्था सन्तोषजनक रहेको पनि टिप्पणी गरेका छन्।

मुत्ताकीले इरानसँग इन्धन आपूर्तिमा थप बैठकहरू गर्ने पनि जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved