सतुंगलमा डिशहोम फाइबरनेटको सहवितरक शोरुम उद्घाटन

नेपालभ्युज

सतुंगलमा डिशहोम फाइबरनेटको सहवितरक शोरुम उद्घाटन

काठमाडौं। नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङ्गलमा सहवितरण शोरुमको सुभारम्भ गरेको छ।

२७ माघदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको सो शोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवोर्कले गर्नेछ। शोरुम समुद्घाटनमा डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थिति रहेको थियो भने मार्केटिङ्ग डिपार्टमेन्टबाट दिनेश रतन र अनिल ठाकुर त्यस्तै सीएम ट्रेङ्गिङकोतर्फबाट सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिति रहेको थियो।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ईलेक्ट्रो होम डीटीएच नेटवोर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ।

२ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले अब अझ बढी ग्राहकहरुमाझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने ईलेक्ट्रोहोम डीटीएच नेटवोर्कका सञ्चालक सरोज लामिछानेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved