आजबाट सर्वोच्चसहित सबै तहका अदालत सञ्चालनमा

सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ।

नेपालभ्युज

आजबाट सर्वोच्चसहित सबै तहका अदालत सञ्चालनमा

काठमाडौं। सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ। गत ४ माघको पूर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो।

गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आइतबारबाट पूर्ण रुपमा सञ्चालन हुन लागेको प्रवक्ता बाबुराम दाहालले बताएका छन्।

गत माघ पहिलो साता विश्वव्यापी रुपमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको भन्दै सरकारको निर्णयलाई आत्मसात् गर्दै सर्वोच्च अदालतले गत ५ माघबाट सेवा संकुचन गराउँदै आएको थियो।

सर्वोच्चका अनुसार झन्डै एक महिनाको सेवा सङ्कुचनको यस अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्दा माथि कारबाही र सुनवाइलाई भने स्थगित गरिएको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved