आफ्नै आमाको कुटपिटबाट हत्या, छोरा पक्राउ

नेपालभ्युज

आफ्नै आमाको कुटपिटबाट हत्या, छोरा पक्राउ

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो।

रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको सूचना जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्राप्त भएको थियो। सूचनालगत्तै कार्यालयले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो।

प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ। नियन्त्रणमा लिइएका रमेशलाई आज सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिने जिल्ला प्रहरी कार्यालयद्वारा जारी प्रेस नोटमा जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved