कर्णाली सरकारका नवनियुक्त पाँच मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली सरकारका नवनियुक्त पाँच मन्त्रीद्वारा शपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्त गरेका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल (कार्चेन) लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई आज प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेकपा माओवादी केन्द्रबाट जलस्रोत तथा ऊर्जामन्त्री बनेका सिंह जाजरकोट र पर्यटनमन्त्री लामा हुम्ला निवासी हुन्। त्यस्तै कांग्रेसबाट सामाजिक विकासमन्त्री बनेका बिसी सुर्खेत र आन्तरिक मामिला तथा कानुनमन्त्री शाही दैलेख निवासी हुन्।

त्यस्तै एकीकृत समाजवादीबाट भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्री बनेका रोकाय जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका शाहीले यसअघि माओवादीबाट विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री र एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरेका थिए।

आज पाँच मन्त्री थपिएसँगै आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएर कर्णाली सरकारले पूर्णता पाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved