जुम्लामा हिउँमा फसे ५५ जना, उद्धारका लागि हेलिकोप्टर पठाइँदै

२० माघको हिमपातका कारण सेतक चिनी (खिरउलो) टिप्न गएका उनीहरू हिउँमा फसेका थिए।

जुम्लामा हिउँमा फसे ५५ जना, उद्धारका लागि हेलिकोप्टर पठाइँदै
फाइल तस्वीर

सुर्खेत। जुम्लाको तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटीसल्ला र ध्वनि लेकमा ५५ जना हिउँमा फसेका छन्। २० माघको हिमपातका कारण सेतक चिनी (खिरउलो) टिप्न गएका उनीहरू हिउँमा फसेका थिए।

उनीहरूको उद्धारका लागि कर्णाली प्रदेश सरकारले  हेलिकोप्टर पठाउन तयारी गरेको हो।

गाग्रा लेकमा फसेका ५५ जनाको राहत तथा उद्धारका लागि तत्काल ड्राइफुडसहित नेपाली सेनाको सानो हेलिकोप्टर पठाउने तयारी भईरहेको प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।

नेपाली सेनाको ठुलो हेलिकप्टर नभएका कारणले अहिले सानो हेलिकप्टरबाट त्यहाँ ड्राईफुट खसाल्ने र ठुलो हेलिकप्टरबाट उद्दार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए।

चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर जाने तयारी भइरहेको स्थानीय सुरतबहादुर शाहीले जानकारी दिए।
हिउँमा फसेका मध्ये जैकुवाँरा शाही र तातोपानी ७ बाह्रगाउँका मुनबहादुर रावतको चिसोमा कारणले मृत्यु भएको शाहीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved