सुनसरी दुर्घटना अपडेट : मृतक तीनै जनाको सनाखत

नेपालभ्युज

सुनसरी दुर्घटना अपडेट : मृतक तीनै जनाको सनाखत

काठमाडौं । सुनसरीमा भएको दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान भएको छ। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-१ गोलधापका ४५ वर्षीय सरोज राई, भारत पश्चिम बंगाल बस्ने २५ वर्षीय निहाल प्रधान र बारा निजगढ-९ का २७ वर्षीय शेख फिरोज रहेका सुनसरी प्रहरीले जनाएको छ।

राई बस चालक, प्रधान बसका यात्रु र फिरोज ट्रकका चालक भएका खुलेको छ।

शुक्रबार साँझ यात्रुबहाक बस र ट्रक ठक्कर खाएपछि आगलागी भएको थियो। केही घाइते भएका थिए। सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकाहीमा सो घटना भएको हो।

काँकडभिट्टाबाट यात्रु लिएर काठमाडौंतर्फ जाँदै गरेको ना८ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको सिमेन्ट लोड गरिएको ना५ख २९९६ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए।

दुर्घटनामा बसमा यात्रा गरिरहेका २७ जना घाइते भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved