हावाहुरीले टेन्ट उडाएपछि प्रदेशसभाको वार्षिकोत्सव स्थगित

हावाहुरीले टेन्ट उडाएपछि प्रदेशसभाको वार्षिकोत्सव स्थगित

जनकपुरधाम। मधेश प्रदेशको प्रदेशसभाको चौथो वार्षिकोत्सवको सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ। बिहीबार रातिदेखि नै मधेश प्रदेशका जिल्लाहरूमा चलेको हावाहुरी र वर्षाकाे कारणले कार्यक्रम गर्नकाे लागि बनाइएकाे टेन्टहरू उडाएको र कार्यक्रम गर्ने अवस्था नभएका हुँदा वार्षिकोत्सवको कार्यक्रम स्थगित भएको सभामुख सरोज कुमार यादवले जानकारी दिए।

उनले मौसम प्रतिकूल भएका कारणले कार्यक्रम गर्ने अवस्था नभएका कारण वार्षिकोत्सबकाे कार्यक्रम स्थगित गर्नु परेका बताए। उनले वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अतिरिक्त कार्यक्रममा सहभागी भएर विजयी भएका कर्मचारी तथा प्रदेशसभाका सदस्यहरूलाई पछि पुरस्कृत गर्ने सभामुख यादवले जानकारी दिए।

प्रत्येक वर्ष प्रदेशसभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने एक जना प्रदेशसभाका सदस्यलाई ५० हजारसहित पुरस्कृत गर्ने गरेको छ। आज दिउँसो १ बजे प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा उदघाटन गर्ने कार्यक्रम तय भएको थियो। चौथो वार्षिकोत्सवको अवसरमा यस अघि विभिन्न प्रकारको कार्यक्रमहरू आयोजना भए पनि अन्तिम दिन भव्य कार्यक्रमका बीचमा वार्षिकोत्सव मनाउने तय भए पनि अन्तिम क्षणमा आएर कार्यक्रम स्थगित भएको हाे।

कर्मचारीहरूबीचमा विभिन्न प्रकारको अतिरिक्त कार्यक्रमहरूको आयोजना गरिएको थियो भने रक्तदान कार्यक्रम वार्षिकोत्सवको अवसरमा यस पटक पनि गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved