सीके राउतका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड, प्रहरीलाई घाइते बनाए

नेपालभ्युज

सीके राउतका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड, प्रहरीलाई घाइते बनाए

सर्लाही। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सिरहामा एउटा तेल ट्यांकर तोडफोड गरी क्षति पुर्‍याएका छन्।

मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख १७९८ नम्बरको ट्यांकर उनीहरूले तोडफोड गरेका हुन्। सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिका सिसाहरू फुटेका प्रहरीले जनाएको छ ।

त्यस क्रममा उनीहरूले एक प्रहरीलाई पनि घाइते बनाएका छन्। जनमत पार्टीका कार्यकर्ताको ढुंगा प्रहारबाट प्रहरी हवल्दार लालबाबु अन्सारीको दाहिने खुट्टामा गम्भीर चोट लागेको जनाइएको छ। सिराहामा उनको उपचार भइरहेको छ।

जनमत पार्टीका कार्यकर्ताले आज बिहानदेखि सिराहा पूर्वपश्चिम राजमार्गमा प्रदर्शन जारी राखेका छन्। कार्यकर्ताहरूले बिहीबार बिहानैदेखि सप्तरी-रुपनीको राजमार्ग अवरुद्ध गरेका हुन्।

मधेशकेन्द्रित राजनीति  गर्दै आएको राउत नेतृत्वको जनमत पार्टीले विगत एक महीनादेखि किसानलाई मलखादको व्यवस्था गर्नुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायत ११ बुँदे माग राखेर आन्दोलन गरिरहेको छ।

ढुंगामुढा गर्ने १३ जना कार्यकर्तालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाले जानकारी दिए। किसान आन्दोलनको नाममा गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा सामान्य प्रभाव परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved