ट्याक्टर दुर्घटनामा एकको मृत्यु

नेपालभ्युज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु
सांकेतिक तस्वीर

लमजुङ। राइनास नगरपालिका वडा नं ६ घामे भीरमा ट्याक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ।

बुधबार नगरपालिका वडा नं ५ तीनपिप्लेबाट वडा नं ६ धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा धमिलिकुवाका अन्दाजी ४२ वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

त्यस्तै राइनासकै सोही ट्याक्टर चालक १९ वर्षीय दिपक परियार र ट्याक्टरमै सवार २१ वर्षीय गोपाल परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु राइनासकै स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् घर फिर्ता भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved