…अनि प्रकाश राजले पोनीसँग पुन: बिहे गरे

नेपालभ्युज

…अनि प्रकाश राजले पोनीसँग पुन: बिहे गरे
तस्वीर: एजेन्सी

एजेन्सी। बलिउड र दक्षिण भारतीय चलचित्रका चर्चित खलनायक प्रकाश राज यतिबेला चर्चाको शिखरमा छन्। प्रकाश राज- उनको परिचय यति नाम नै काफी छ, धेरै अवार्ड जितेका उनी आफ्नो कलाकारिताका कारण चर्चित छन्। प्रकाश राजको व्यावसायिक जीवन जति बलियो छ, व्यक्तिगत जीवनमा पनि त्यति नै उथलपुथल आएको छ। उनले फिल्म ‘एक से एक धन्सु’ मा काम गरे र भिलेनको भूमिकाबाट मात्रै नभएर असल चरित्रका माध्यमबाट पनि उनी दर्शकको मन मुटुमा बस्न सफल भए।

प्रकाश राजले जीवनमा धेरै दुःख भोग्नुपर्‍यो। भनिन्छ कि २६ मार्च १९६५ मा जन्मिएका प्रकाश राजले सधैँ आमाले नै घर व्यवहार सम्हालेको देखे, उनका पिता सधैँ मदिरा पिएर हिँड्थे। कन्नड, तमिल, मराठी फिल्ममा काम गरिसकेका प्रकाश राजले सन् २००९ मा सलमान खानको फिल्म ‘वान्टेड’ बाट बलिउडमा प्रवेश गरेका थिए। उनले ‘सिंघम’, ‘दबंग २’, ‘हिरोपन्थी’ जस्ता धेरै सुपरहिट फिल्ममा काम गरिसकेका छन्।

उनी फिल्मका अलावा राजनीतिसँग पनि जोडिएका छन्। उनी लोकसभा चुनाव पनि लडेका थिए तर त्यसमा पनि उनले लज्जास्पद हार बेहोरेका थिए। दोस्रो विवाहका कारण चर्चामा आएका प्रकाश राज निकै विलासी जीवन बिताइरहेका छन्।

प्रकाश राजले साउथ इन्डस्ट्रीसँगै बलिउड सिनेमालाई पनि धेरै सुपरहिट फिल्म दिएका छन्। उनी मिडियामा सधैं चर्चामा आइरहन्छन्, तर यसपटक उनको चर्चाको विषय केही फरक छ- यतिबेला उनी दोस्रो विवाहका कारण चर्चामा छन्। ४५ वर्षको उमेरमा आफ्नो जीवनमा आफूभन्दा १३ वर्ष कान्छी केटीको प्रवेशको कथा अलि फरक छ।

प्रकाश राजको दोस्रो विवाह भएको ११ वर्ष पूरा भएको छ। उनले २४ अगस्ट २०१० मा पोनी वर्मासँग विवाह गरेका थिए।  रमाइलो के भने उनले यस वर्ष अगस्टमा पोनीसँग पुन: धूमधामसँग विवाह गरेका छन्। यसको कारण भने छोरा वेदान्तले आफ्नो बिहे हेर्न चाहेको र छोराको खुशीका लागि आफ्नी श्रीमतीसँग दोस्रो बिहे गरेको उनले बताएका छन्।

प्रकाश राजको जीवनमा पोनी आउनु पहिले नै उनको बिहे भइसकेको थियो, पोनी उनकी दोस्रो श्रीमती हुन्। उनकी पहिलो पत्नीको नाम ललिता कुमारी थियो। उनले पोनीलाई फिल्मको सेटमा भेटेका थिए। जहाँ उनीहरू साथी बने र केही दिनपछि दुवै विवाहको बन्धनमा बाँधिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved