आज सोनाम ल्होछार पर्व मनाइँदै, सार्वजनिक बिदा

नेपालभ्युज

आज सोनाम ल्होछार पर्व मनाइँदै, सार्वजनिक बिदा
फाइल तस्वीर।

काठमाडौं। आज सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज परेको हो।

आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष शुरु हुन्छ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

आज मनाइने सोनाम ल्होसारका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
सोनाम ल्होसारका धेरै कार्यक्रम यसवर्ष स्थगित भएका छन्।

बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved