धरानमा कोरोनाविरुद्ध दुवै मात्रा खोप लगाएका वृद्धको मृत्यु

नेपालभ्युज

धरानमा कोरोनाविरुद्ध दुवै मात्रा खोप लगाएका वृद्धको मृत्यु

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका एक जनाको शनिबार राति र अर्का एक जनाको आइतबार बिहान मृत्यु भएको हो।

१४ माघमा कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना भएका सप्तरीको राजविराज-१५ का ७५ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार राति ११ बजेतिर मृत्यु भएको हो। उनले कोरोनाविरुद्ध दुवै खोप लगाएका प्रतिष्ठानले जनाएको छ।

त्यस्तै १० माघमा कोरोना पुष्टि भएपछि सोही दिन प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका झापाको बुद्धशान्ति गाउँपालिका-२ का ७० वर्षीय पुरुषको आइतबार बिहान साढे पाँच बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved