काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य आज पनि घटेको छ। आज नौ सयले सुनको मूल्य घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ।
सुनको मूल्य बिहीबार पनि नौ सय रुपैयाँले घटेको थियो।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ रहेको छ। तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला ९३ हजार रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ।
Facebook Comment
Comment