आजदेखि क्यूआरसहितको कोभिड खोप कार्ड

नेपालभ्युज

आजदेखि क्यूआरसहितको कोभिड खोप कार्ड

काठमाडौं। नेपाल सरकारको मुख्य एपको रुपमा रहेको नागरिक एपको नयाँ अपडेट सार्वजनिक भएको छ। नयाँ अपडेटमा कोभिड खोपको लागि आवेदन भर्न सकिने र क्यूआर कोड सहितको खोपकार्ड लिन सकिने फिचर आएको हो।

बिहीबार रातिदेखि एन्ड्रोइडमा नागरिक एपको अपडेटेड भर्सन १,४,८ आइसकेको छ। आईओएसमा भने अपडेट पठाइसकेको भए पनि रिलिज हुन केही दिन लाग्ने अनुमान गरिएको छ।

नागरिक एपबाट आवेदन दिएको १२ देखि २४ घण्टाभित्र स्वास्थ्य सेवा विभागको परिवार महाशाखाबाट स्वीकृत हुने बताइएको छ। त्यसपछि नागरिक एपबाटै पीडीएफमा क्यूआर कोड सहितको कोरोना खोपकार्ड डाउनलोड गर्न सकिनेछ ।

क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स आदि मध्ये आफ्नो परिचय खुल्ने प्रमाण, खोप कार्ड, पासपोर्ट साइजको फोटो लगायतको विवरण खुलाउनुपर्ने हुन्छ।

तर कोभिड(१९ को भ्याक्सिन कार्डमा स्थानीय तहको नाम, खोप केन्द्रको नाम र छाप प्रष्ट बुझिने नभएमा क्यूआर कोड भेरिफाइ हुँदैन। यदि त्यस्तो प्रकारको खोप कार्ड छ भने तुरुन्त आफूले खोप लगाएको खोप केन्द्रमा सम्पर्क गर्नुपर्नेछ।

नागरिक एपबाटै आफ्नो क्यूआर कोड सहितको सर्टिफिकेट प्रमाणित भए नभएको थाहा पाउन समेत सकिन्छ। तर क फर्जी कागजपत्र अपलोड गरेको भेटिएमा कानूनी कारबाही गरिने बताइएको छ।

त्यस्तै नागरिक एपबाट कोभिड खोप लगाउनका लागि अनलाइन आवेदन दिन समेत सकिन्छ। तर फारम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने हुँदैन ।

उपलब्धताका आधारमा खोप पाइने बताइएको छ। कोभिड १९ विरुद्ध कुनै पनि खोप नलगाएका, तर खोप लगाउन इच्छुक १२ वर्ष भन्दा माथिका व्यक्तिहरूले यो फारम स्वैच्छिक रुपमा भर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved