स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरूसँग छलफल गर्ने सत्तारुढ गठबन्धनको सहमति

नेपालभ्युज

स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरूसँग छलफल गर्ने सत्तारुढ गठबन्धनको सहमति
फाइल फोटो।

काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने भएको छ। सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे दुविधा देखिएकाले त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने सहमति गरेको हो।

स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर नयाँ निर्वाचन गराउने भन्ने विषयमा दुविधा देखिएकाले त्यसको निक्र्यौंल गर्न निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गरेर अघि बढने सहमति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनले भने, ‘स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्नेबारे छलफल भयो । संविधान र कानुनमा केही द्विविधा रहेको, त्यो द्विविधालाई कसरी हटाउने भन्नेबारे छलफल भयो। स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन निर्वाचनलाई सुरु मिति मानेर पाँच वर्ष पूरा भएको भन्ने अन्यौल रहेको छ। त्यस सम्बन्धमा सत्तारुढ गठबन्धनले संविधानविद् र निर्वाचन आयोगसँग छलफल गर्ने समझदारी बनेको छ। निर्वाचनलाई मितव्ययी बनाउन तीन तहको निर्वाचन एकैपटक गर्ने कि भन्नेबारे पनि छलफलमा विषय उठेको छ।’

बैठकमा आर्थिक रुपमा मितव्ययी हुने भन्दै तीन वटै तहको निर्वाचन एकैपटक गर्ने भन्ने विषयलाई प्रवेश गराइएको थिया । तर त्यस विषयमा विस्तृत छलफल भने नभएको मन्त्री कार्कीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved