तीनवटै तहको निर्वाचन तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह

नेपालभ्युज

तीनवटै तहको निर्वाचन तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह
फाइल तस्वीर।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको तयारीमा जुट्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन्।
उनले एक वर्षाभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने बताए।

देउवाले खोप अभियन तिव्रताका साथ चलिरहेको बताए। उनले चैतसम्म लक्षित जनसंख्यालाई खोप लगाइसक्ने आफ्नो पूर्वप्रतिबद्धता दोहोर्याए।

प्रधानमन्त्री देउवाले विपद्मा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको र कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताए। सम्बोधनका क्रममा यस अवधिमा देउवाले सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved