७ माघदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेका छौं : काठमाडौं सहायक सीडीओ

नेपालभ्युज

७ माघदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेका छौं : काठमाडौं सहायक सीडीओ
फाइल तस्वीर

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि ७ माघदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिहरुको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकाहरुलाई खोपका लागि अभिप्रेरित गर्ने उद्देश्यले ७ माघदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको बताए।

खोप लगाएका व्यक्तिहरु कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रुपमा लिइएको पनि उनले बताए। कोभिड – १९ विरुद्धको खोप कार्डलाई अनिवार्य गरिने उनले उल्लेख गरे। उनले भने, “जहाँसम्म खोप कार्डको विषय छ यो खोप कार्डलाई खोप प्राप्त गरिसकेका व्यक्तिहरु पनि अभिलेखिकृत हुने र खोप प्राप्त गर्न बाँकी व्यक्तिहरु पनि खोप लगाउनलाई उत्प्रेरित गर्ने हिसाबले खोप कार्ड अनिवार्य गरिएको छ र यो खोप कार्डको माध्यमबाट व्यक्तिको जोखिमलाई मध्येनजर गर्दै खोप लगाइसकेका व्यक्तिहरु जोखिमको हिसाबले कम जोखिमपूर्ण हुने भन्ने मान्यता अनुसार खोप कार्डलाई एउटा आधारको रुपमा लिइएको छ।

उनले भीडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई आग्रह गरे। अत्यावश्यक काममा जानु परेमा जनस्वास्थ्यको मापदण्डलाई पूर्ण रुपमा पालना गरेर मात्रै गर्नुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved