विशेष अवार्ड पाएपछि रोनाल्डोले भने, ‘शरीरको ख्याल गर्नुस्, चाहेको पाइन्छ’

अवार्ड पाएपछि रोनाल्डोले भने, ‘यदि तपाईले आफ्नो शरीरलाई राम्रोसँग ख्याल गर्नुभयो भने तपाईलाई जे चाहिन्छ, त्यो फिर्ता पाउनु हुनेछ।’

नेपालभ्युज

विशेष अवार्ड पाएपछि रोनाल्डोले भने, ‘शरीरको ख्याल गर्नुस्, चाहेको पाइन्छ’

काठमाडौं। पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलको सर्वोच्च संस्था फिफाबाट विशेष अवार्ड पाएका छन्।

राष्ट्रिय टिमका लागि पुरुषतर्फ सर्वाधिक गोलकर्ता भएकाले उनलाई फिफाले विशेष अवार्ड दिएको हो।

अहिले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा रहेका रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट ११५ गोल गरेका छन्। उनले इरानका अली देईको नाममा रहेको १०९ गोलको रेकर्ड तोडेका हुन्।

अवार्ड पाएपछि रोनाल्डोले भने, ‘यदि तपाईले आफ्नो शरीरलाई राम्रोसँग ख्याल गर्नुभयो भने तपाईलाई जे चाहिन्छ, त्यो फिर्ता पाउनु हुनेछ।’

रोनाल्डोले आफू बल्ल ३७ वर्ष पुग्न लागेको भन्दै कडा परिश्रम गरिरहने बताए। उनले आफूलाई खेल मनपर्ने र जोश भएको तथा त्यसलाई जारी राख्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved