‘मधेश प्रदेश’ नामकरणपछि विमलेन्द्र निधि खुशी

नेपालभ्युज

‘मधेश प्रदेश’ नामकरणपछि विमलेन्द्र निधि खुशी

काठमाडौं । प्रदेश २ को नाम ‘मधेश प्रदेश’ भएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले खशी व्यक्त गरेका छन्। आज प्रदेश २ को नामकरण टुंगो लागेपछि मैथिली भाषामा सामाजिक सञ्जालमा उनले ‘अपार हर्ष व्यक्त गर्दछु’ लेखेका छन्।

आज प्रदेशसभामा भएको मतदानमा प्रदेश २ को नाम ‘मधेश प्रदेश’ दुइतिहाइले पारित भएको हो। कुल १ सय ४ मा सांसदमध्ये ९९ सांसद उपस्थित थिए। ‘मधेश प्रदेश’ को पक्षमा ८० सांसदले मतदान गरे।

प्रस्तावमध्ये छैटौं नम्बरको प्रस्तावमा नाम ‘मधेश प्रदेश’ हुनुपर्ने थियो। सवा चार बजेबाट मतदान शुरु भएको थियो। मतदान पाँच बजेर १० मिनेटमा सकिएको थियो। पाँच बजेर ४० मिनेटमा उक्त प्रसतावमा दुई तिहाइसहित ‘मधेश प्रदेश’ नाम पारित भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved