कलंकीमा दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

नेपालभ्युज

कलंकीमा दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको कलंकीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय संगीत बुढामगरको मृत्यु भएको हो।

बसको ठक्करबाट सख्त घाइते बुढामगरको उपचारका क्रममा शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उक्त दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved