हामीले जिम्मा नपाउँदा टेकोमा अडिएका भौतिक संरचना व्यवस्थापन गर्न सकेनौँ: विद्यासुन्दर शाक्य

भूकम्पले जीर्ण बनाएका सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकाले माग गर्दा पनि सरोकारवालाले नदिएको महानगरपालिकामा प्रमुख विद्यासुन्दर शाक्यले गुनासो गरे।

नेपालभ्युज

हामीले जिम्मा नपाउँदा टेकोमा अडिएका भौतिक संरचना व्यवस्थापन गर्न सकेनौँ: विद्यासुन्दर शाक्य

काठमाडौं। २०७२ को भूकम्पले जीर्ण बनाएका सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकाले माग गर्दा पनि सरोकारवालाले नदिएको महानगरपालिकामा प्रमुख विद्यासुन्दर शाक्यले गुनासो गरे।

२ माघ १९९० मा गएको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आइतबार काठमाडौंको भूगोल पार्कमा आयोजना गरिएको स्मृति सभामा बोल्दै शाक्यले भने, “कतिपय सांस्कृतिक सम्पदा अझै पनि टेकोका भरमा उभिएका छन्। यी संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन्। टेका लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस् भनेर अनुरोध गरेका हौँ। तर, जिम्मेवारी पाएनौँ।”

विपदको क्षति व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय सरकार आफै सशक्त हुनुपर्ने गृहमन्त्री बालकृष्ण खाँडले बताए। “प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन्। त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नु पर्ने अवस्था छ,” मन्त्री खाँडले भने, “नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ।”

वडास्तरीय विपद व्यवस्थापन समितिमार्फत टोल–टोलमा भएका जोखिमको पहिचान गर्ने र सम्भावित विपत्तिका सामना गर्न क्षमता बढाउने काम भइरहेको महानगरको विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले दावी गरे।

शाक्यले भने, “२०७२ सालको भूकम्पलको धक्काले सिकाएको पाठ बिर्सियो भने भोलि क्षतिको परिमाण झन् बढ्न सक्छ। यसलाई कम गराउन महानगरले सुरक्षित बस्ती विकासको कार्यक्रमलाई जोड दिएको छ।”

स्मृतिसभामा फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विशेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved