विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी: गृहमन्त्री खाँण

नेपालभ्युज

विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी: गृहमन्त्री खाँण
फाइल फोटो

काठमाडौ। गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन्।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहका सहकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनः स्थापनको काम प्रभावकारी बनाउन सकिने उल्लेख गरे।

गृहमन्त्री खाँणले यसपालिको भूकम्प सुरक्षा दिवस सोहीअनुसार कार्यक्रम तय गरी मनाउन थालिएको पनि जानकारी दिए।

मुलुकका हरेक भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी बनाउन जरुरी रहेको औँल्याउँदै उनले भने “सरकारी तथा निजी आवास भूकम्प थेग्नसक्ने गरी बनाउनुपर्छ, त्यसका लागि नागरिकमा आवश्यक ज्ञान र सचेतना पु¥याउनु जरुरी छ ।”

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिरहेको सन्दर्भ जोड्दै मन्त्री खाँणले अहिले कोभिडको विपद्बबाट नागरिकको जीउ ज्यान जोगाउनु महत्त्वपूर्ण भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved