एनआरएनएको निर्वाचन अघि बढाउन शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति

गैरआवासीय नेपाली संघ एनआरएनले प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

नेपालभ्युज

एनआरएनएको निर्वाचन अघि बढाउन शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति

काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनले प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। निर्वाचन कार्यक्रम अघि बढाउन उच्चस्तरीय समिति गठन गरेको हो।

संघको दशौँ महाधिवेशन तथा आइसिसी निर्वाचन सम्बन्धी सबै समस्याहरूको विधान सम्मत निष्पक्ष ढङ्गले समाधान गर्ने भन्दै आइसिसीको शनिबार सम्पन्न ८१औँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।

उच्चस्तरीय समितिका सदस्यहरूमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरू देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन्।

२८ फेब्रुअरीसम्ममा संघको दशौँ महाधिवेशन तथा निष्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली संघको विधान र नियमावलीअन्तर्गत रहेर २६ जनवरीसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने सहमति भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved