संकटाविरूद्ध थ्रीस्टार विजयी, आर्मी तेस्रोमा उक्लियो

नेपालभ्युज

संकटाविरूद्ध थ्रीस्टार विजयी, आर्मी तेस्रोमा उक्लियो
तस्वीर : थ्रीस्टार क्लब।

काठमाडौं। थ्री स्टारविरुद्ध अन्तिम मिनेटमा सम्हालिन नसक्दा संकटाले जारी सहिद स्मारक ए डिभिजन लिगमा पहिलो हार भोगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारका विजय भुजेलले इन्जुरी समयमा गोल गर्दै संकटाको अपराजित यात्रामा पूर्णविराम लगाइदिएका हुन्।

यससँगै थ्रीस्टार चौथो स्थानमा उक्लिएको छ भने सकंटा पाँचौं स्थानमा झरेको छ। थ्री स्टारले ९ खेलबाट १६ अंक जोड्दा संकटाको १४ अंक भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नै भएको खेलमा आर्मीले फ्रेन्ड्सलाई ३–१ ले पराजित गरेको छ। शनिबार भएको दिनको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । निकै रोमाञ्चक बनेको खेलमा आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक/एक गोल गरे।

फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए । यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ। आर्मीले ९ खेलमा १७ अंक जोडेको छ । फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ। फ्रेन्ड्स अंकतालिकाको पुछारमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved