मास्क नलगाएको तस्वीरबारे योगेश भट्टराईले भने, ‘पत्र वाचन गर्न खोलेको थिएँ’

‘ध्यानाकर्षणपत्र वाचनका क्रममा मैले माक्स खोलेको थिएँ। तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा माक्स लगाउन भुलेको बारेमा संचारमाध्यममा आएको टिप्पणीको स्वागत गर्दछु,’ भट्टराईले लेखेका छन्, ‘विषय र घटनाको सार र रुप पक्षलाई छुट्याएर बुझ्न् सबैमा अनुरोध गर्दछु।’

नेपालभ्युज

मास्क नलगाएको तस्वीरबारे योगेश भट्टराईले भने, ‘पत्र वाचन गर्न खोलेको थिएँ’
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउँदा मास्क नलगाएको तस्वीर बाहिरिएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रष्टीकरण दिएका छन्।

नेकपा एमालेले आज बिहान कोरोना संक्रमण नियन्त्रणका विषयमा केन्द्रित रहेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। उक्त कार्यक्रममा जुत्तामा प्लाष्टिक कभर भएको तर मास्क नलगाएको भट्टराईको एउटा तस्वीर आएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ।

सोही तस्वीरको विषयमा भट्टराईले सामाजिक सञ्जालमार्फत नै प्रष्टीकरण दिएका हुन्। उनले आफूले पत्र वाचन गर्नका लागि मास्क खोलेको र हस्तान्तरण गर्ने समयमा लगाउन भुलेको भन्दै आएका टिप्पणीको स्वागत गरेका छन्।

‘ध्यानाकर्षणपत्र वाचनका क्रममा मैले माक्स खोलेको थिएँ। तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा माक्स लगाउन भुलेको बारेमा संचारमाध्यममा आएको टिप्पणीको स्वागत गर्दछु,’ भट्टराईले लेखेका छन्, ‘विषय र घटनाको सार र रुप पक्षलाई छुट्याएर बुझ्न् सबैमा अनुरोध गर्दछु।’

भट्टराईले आफूहरुले बालुवाटारमा जाँदा प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारित मापदण्डलाई पूर्ण रुपमा पालना गरेको पनि उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘आज कोभिड– १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको स्वास्थ्य मापदन्डलाई पूर्ण पालना गरेको अनुरोध गर्दछु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved