भारतमा थपिए दुई लाख ६४ हजारभन्दा बढी कोरोना संक्रमित

कोरोना शुरु भएदेखि भारतमा हालसम्म ६९ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ।

नेपालभ्युज

भारतमा थपिए दुई लाख ६४ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

यससँगै भारतमा कूल संक्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ।

सोही अवधिमा थप ३१५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले जानकारी दिएको छ।

हाल यहाँ पाँच हजार ७५३ ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सख्या १२ लाख ७२ हजार ७३ रहेका छन्। गएको २४ घण्टामा मात्र एक लाख ५४ हजार ५४२ जना सक्रिय संक्रमित थपिएका छन्।

भारतमा एक लाख नौ हजार ३४५ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४८ लाख २४ हजार ७०६ जनालाई कोरोना संक्रमण निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९५.२० प्रतिशत रहेको जनाइएको छ।

कोरोना शुरु भएदेखि भारतमा हालसम्म ६९ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ।

भारतमा सन् २०२१ को १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५५ करोड ३९ लाखभन्दा बढी डोज खोप लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved