कुश्मा नगरपालिकाले शैक्षिक संस्था बन्द नगर्ने

नेपालभ्युज

कुश्मा नगरपालिकाले शैक्षिक संस्था बन्द नगर्ने

पोखरा। कोभिड संक्रमणको लहर फेर बढ्न थालेपछि सरकारले १५ माघसम्म देशभरका शैक्षिक संस्था बन्द गर्न भनेको छ। तर पर्वतको कुश्मा नगरपालिकाले भने विद्यालय बन्द नगर्ने भएको छ।

बिहीबार कुश्मा नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय बन्द नगर्ने निर्णयमा पुगेको हो। बैठकमा सबै प्रधानाध्यापक विद्यालय बन्द नगर्ने पक्षमा उभिएका कारण विद्यालय बन्द नगर्ने निर्णय भएको कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताए।

“अहिले विद्यालय बन्द नगर्ने कुरा भ’को छ, सङ्क्रमित भइहाले तत्कालै प्रअले एक हप्ताका लागि विद्यालय बन्द गरेर नगरपालिकालाई फोन गर्नेछन्”, उनले भने। जिल्ला प्रशासन कार्यालयले भने यसअघि नै सूचना निकालेर बढीमा २५ जनाभन्दा भेला हुन नपाउने गरी निर्देशन दिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved