भक्तपुरमा बालबालिकाले लगाए कोरोना खोप

नगरपालिकाले खोप अभियान बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीहरुले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधान बनाएको छ।

नेपालभ्युज

भक्तपुरमा बालबालिकाले लगाए कोरोना खोप

भक्तपुर। भक्तपुर नगरपालिकामा आजदेखि कोभिड–१९ विरुद्धको मोडेर्ना खोप अभियान सञ्चालन भएको छ।

भक्तपुरका बालबालिकालाई अमेरिकन कम्पनी ‘मोडेर्ना’को खोप अभियान सञ्चालन गरिएको हो।

खोप अभियानको पहिलो चरणअन्तर्गत भक्तपुर नगरपालिकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आज (मंगलबार)देखि खोप अभियान सञ्चालन गरेको हो।

नगरपालिकाले खोप अभियान बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीहरुले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधान बनाएको छ।

साथै, खोप अभियानको लागि भक्तपुर नगरपालिकाले विभिन्न विद्यालय तथा कलेजहरुमा खोप केन्द्र तोकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved