प्रधानमन्त्री देउवाले गराए कोरोना परीक्षण

प्रचण्डलाई कोरोना संक्रमण पुष्टि हुनुअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रचण्डसहित देउवा पनि सहभागी थिए।

नेपालभ्युज

प्रधानमन्त्री देउवाले गराए कोरोना परीक्षण

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना परीक्षण गराएका छन्। देउवाले सरकारी निवास बालुवाटारमा आज कोरोना परीक्षणका लागि स्वाब दिएका छन्।

सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि देउवा होम आइसोलेसनमा बसेका थिए।

प्रचण्डलाई कोरोना संक्रमण पुष्टि हुनुअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रचण्डसहित देउवा पनि सहभागी थिए।

बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा पनि होम आइसोलेसनमा बसेका हुन्।

उक्त बैठकमा सहभागी रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि होम आइसोलेसनमा बसेका छन्।

यसअघि प्रधानमन्त्री देउवाले शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved