सुकी दोषी ठहर, चार वर्ष जेल सजाय तोकियो

म्यानमारमा सैन्य ‘कू’पछि सुकीसहित जननिर्वाचित सरकारका प्रतिनिधिहरुलाई सेनाले नियन्त्रण तथा नजरबन्दमा राखेको थियो।

नेपालभ्युज

सुकी दोषी ठहर, चार वर्ष जेल सजाय तोकियो

एजेन्सी। म्यानमारको सैनिक अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ।

अदालतले लाइसेन्सबिनै वाकीटकी साथमा राखेकोसहित सुकी माथि लागेका चार आरोपमा उनलाई दोषी ठहर गरेको छ।

उनीमाथि लागेका चारमध्ये वाकटकी साथमा राखेको आरोपमा दुई वर्ष तथा कोरोना महामारीको समयमा सरकारले लगाएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा दुई वर्ष जेल सजायको फैसला भएको हो।

म्यानमारमा सैन्य ‘कू’पछि सुकीसहित जननिर्वाचित सरकारका प्रतिनिधिहरुलाई सेनाले नियन्त्रण तथा नजरबन्दमा राखेको थियो।

सुकीमाथि गतमहीना कोरोना मापदण्ड उल्लंघन गरेको आरोपमा चार वर्ष सजाय भएको थियो। तर, सैन्य सरकारका प्रमुखले दुई वर्ष सजाय कम गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved