व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन थाल्यो

नेपालभ्युज

व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन थाल्यो

तनहुँ : व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने भएको छ। नगर क्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले चासो देखाएको हो।

नगरपालिकाले त्यस्ता संरचना भत्काउन शुक्रबारदेखि १५ दिनको सूचना जारी गरेको छ। अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्तिलाई सूचना दिइएको र यसको अटेरी गरे नगरपालिकाले त्यस्ता संरचना भत्काउने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।

“सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मेवारी सरकारको हो, सोही्मोजिम अतिक्रमित जग्गा फिर्ता ल्याउन संरचना भत्काउने निर्णय गरेका छौ”, उनले भने। उनका अनुसार व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ। साथै व्यास नगरपालिका–१ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ।

नगरपालिकाका घरनक्सा शाखा प्रमुख इञ्जिनियर अमृत केसीले सरकारी जग्गा मिचेर १४ वटा घर निर्माण भएको जानकारी दिए। “४८ वटा संरचना अनियमित तरिकाले बनेका छन्, त्यसमध्ये १४ वटा संरचना जग्गा अतिक्रमण गरेरै बनेका हुन्”, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved