मनाङमा थपिए २६३ मतदाता, महिलाको संख्या बढी

मनाङमा थपिए २६३ मतदाता, महिलाको संख्या बढी

काठमाडौं। देशकै सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा २६३ जना मतदाता थपिएका छन्। निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली संकलन अभियान चलाएको थियो।

कार्यालयले जिल्लाका तीनवटै स्थानीय तहबाट गत १७ मंसीरदेखि ९ पुससम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो। त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली संकलन भइरहेको छ। पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासों गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो।

निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएका जानकारी दिए। उनका अनुसार नार्पाभूमि गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका छन्। थपिएकामा महिला संख्या बढी छ।

त्यसैगरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट २०० मतदाता थपिएका छन्। यसैगरी मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन्।

“दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ”, उनले भने। संकलन गरिएको विवरण १० पुसदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ। चैत २०७७ सम्म १८ वर्ष पुगेका मतदाता ६ हजार ३०९ पुगेका कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved