मेगा बैंक र मोको डिजिटल वालेटबीच सहकार्य

नेपालभ्युज

मेगा बैंक र मोको डिजिटल वालेटबीच सहकार्य

काठमाडौं। मेगा बैंकले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ एवं परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

उक्त साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिनाकुनै मौज्दात, बिनाकुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन्।

मेगाले जनाएअनुसार मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन्।

यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोबारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताइन्।

सीईओ खुञ्जेलीका अनुसार अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उनले खुशी व्यक्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved