प्रभु बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न

देशका विभिन्न स्थानमा शाखा रहित बैङ्किङ सेवा, ६१ वटा एक्सटेन्सन काउन्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयहरूसहित देशभर फैलिएको बैङ्किङ सञ्जालको माध्यमबाट १६ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ।

नेपालभ्युज

प्रभु बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। प्रभु बैंकले आफ्नो २० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। विभिन्न निर्णयहरू पारित गर्दै उक्त सभा सम्पन्न भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाडौं बबरमहलस्थित बैंकको प्रमुख कार्यालयमा सभा आयोजना गरिएको थियो।

सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ।
साथै, सो वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आर्थिक वर्ष २०७७÷७८ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ।

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सोही आर्थिक वर्षमा कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै सभाले अन्य बैङ्क तथा वित्तीय संस्थाहरू गाभ्ने–गाभिने, एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्ने र समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गरेको छ।

१२ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय पारित गरेपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ। देशका विभिन्न स्थानमा शाखा रहित बैङ्किङ सेवा, ६१ वटा एक्सटेन्सन काउन्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयहरूसहित देशभर फैलिएको बैङ्किङ सञ्जालको माध्यमबाट १६ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved