नगरपालिकाले संकलन गर्‍यो पाँच महिनामा पाँच करोड राजस्व

नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मंसीरसम्ममा उक्त मात्रामा राजस्व संकलन भएको बताए।

नेपालभ्युज

नगरपालिकाले संकलन गर्‍यो पाँच महिनामा पाँच करोड राजस्व

कञ्चनपुर। भीमदत्त नगरपालिकाले चालू आवको पाँच महीनामा पाँच करोड राजस्व संकलन गरेको छ। आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व संकलन गरिएको हो।

नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मंसीरसम्ममा उक्त मात्रामा राजस्व संकलन भएको बताए।

उपाध्यायका अनुसार नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भइसकेको छ।

त्यस्तै, आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक तीन करोड ५० लाख र विभाज्य करअन्तर्गत सात करोड ५० लाख रुपैयाँ संकलन भएको छ।

नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ। चार वर्षअघि नगरपालिकाको आय करीब चार करोड रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी २१ करोड पु¥याइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved