महाराष्ट्रका १० मन्त्री र २० प्रदेश सांसदलाई कोरोना संक्रमण

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि संक्रमण भएको जानकारी दिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

नेपालभ्युज

महाराष्ट्रका १० मन्त्री र २० प्रदेश सांसदलाई कोरोना संक्रमण

एजेन्सी। भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि संक्रमण भएको जानकारी दिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पावरले कोरोनाभाइरसको महामारी तीव्ररुपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनु पर्नेमा जोड दिएका समाचारमा उल्लेख छ।

सरकारले लागू गरेका नियमहरुको पालना नगर्दा र हेलचेक्र्याई गरेकाले महामारी बढी फैलिइएको पावरले बताएका समाचारमा जनाइएको छ।

महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरुसँग पटकपटक परामर्श भइरहेको बताइएको छ।

भारतको महाराष्ट्र प्रदेश कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका संक्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved