६ हजार बालबालिकाले लगाए मोडेर्ना खोप

खोप कार्यक्रम शुरु गर्नुभन्दा अघि जिल्लामा १२ वर्षभन्दा माथिका र १८ वर्षभन्दा कम उमेर समूहका बालबालिका करीब साढे ६ हजारको हाराहारीमा रहेको आंकलन गरिएको भए पनि अहिले यो उमेर समूहका बालबालिका धेरै भएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

नेपालभ्युज

६ हजार बालबालिकाले लगाए मोडेर्ना खोप

रुकुम। रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडेर्ना खोप लगाएका छन्।

जिल्लामा खोप अभियान शुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडेर्ना खोप लगाएका हुन्।

जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन गरिएको अभियान र स्वास्थ्य कार्यालयबाट बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व)का कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले जानकारी दिए।

सोमा सिस्ने गाउँपालिकाका दुई हजार ४५०, भूमे गाउँपालिकाका दुई हजार ५४ बालबालिकाले मेडेर्ना खोपको पहिलो मात्रा लगाएका हुन्। पुथाउत्तरगङ्गा गाउँपालिकाका एक हजार ७१२ बालबालिकाले खोप लगाएको फोकल पर्सन गिरीले बताए।

गिरिका अनुसार जिल्लामा यही ६ पुुसदेखि १० गतेसम्म सिस्ने र भूमे गाउँपालिकाका विद्यालयमा खोप अभियान चलाइएको थियो। यस्तै, १० पुसदेखि १४ पुससम्म पुथाउत्तरगङ्गा गाउँपालिकाको विद्यालयमा खोप अभियान चलाइएको थियो।

स्वास्थ्य कार्यालयबाट अहिले पनि मोडेर्ना खोप लगाउने कार्यक्रम चलिरहेको छ। खोप कार्यक्रम शुरु गर्नुभन्दा अघि जिल्लामा १२ वर्षभन्दा माथिका र १८ वर्षभन्दा कम उमेर समूहका बालबालिका करीब साढे ६ हजारको हाराहारीमा रहेको आंकलन गरिएको भए पनि अहिले यो उमेर समूहका बालबालिका धेरै भएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

अहिलेसम्म खोप लगाएका बालबालिकाको संख्या ६ हजार बढी भइसकेको र अझै धेरै बालबालिका खोप लगाउन बाँकी रहेको गिरीले बताए। स्वास्थ्य कार्यालयमा २० पुससम्म मोडेर्ना खोप लगाउने कार्यक्रम चल्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved