आठौँ महाधिवेशन

निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने माओवादीको तयारी

पार्टीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जनाएअनुसार मतदाता नामावली प्रकाशन बिहीबार नै हुने सम्भावना छ। उम्मेदवारी दर्ता र मतदान घोषणा शुक्रबार हुने माओवादी केन्द्रले जनाएको छ।

नेपालभ्युज

निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने माओवादीको तयारी

काठमाडौं । नेकपा माओवादी (केन्द्र)को आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी भएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान संशोधन प्रस्ताव उपर छलफलको निष्कर्ष सुनाउने प्रक्रिया सम्पन्न भएसँगै निर्वाचन कार्यतालिका प्रकाशित गर्ने तयारी भएको हो।

पार्टीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जनाएअनुसार मतदाता नामावली प्रकाशन बिहीबार नै हुने सम्भावना छ। उम्मेदवारी दर्ता र मतदान घोषणा शुक्रबार हुने माओवादी केन्द्रले जनाएको छ।

महाधिवेशन हलबाट केन्द्रीय कमिटीको प्यानल मात्रै घोषणा गर्ने सम्भावना रहेको पार्टीका नेताहरु दाबी गर्छन्। यस्तै सामूहिक छलफलको निष्कर्षमाथि अध्यक्ष प्रचण्डले शुक्रबार आफ्नो धारणा राख्ने कार्यक्रम तय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved