‘शेयर बजार संवेदनशील क्षेत्र हो, माथिल्लो तहमा बसेकाले बोल्नु जरुरी छैन’

नेपालभ्युज

‘शेयर बजार संवेदनशील क्षेत्र हो, माथिल्लो तहमा बसेकाले बोल्नु जरुरी छैन’

काठमाडौं।  पूर्वगभर्नर चिरिञ्जीवी नेपालले नेपाली शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताएका छन्।

सात वर्षअघि गति शेयर बजारको विकास र विस्तारका लागि परिर्वतन भए पनि त्यसपछि कुनै परिर्वतन नभएको उनको भनाइ थियो। लामो समयदेखि पुँजी बजारको विकासका लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु शेयर लगानीकर्ताका लागि राम्रो नभएको उनले बताए।

पछिल्लो समय शेयर बजार लगानीकर्ताहरू उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको उनको भनाइ थियो। सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपालले बजारमा सुधार हुन नसक्नु शेयर बजारमा बदमासी गर्नेहरूलाई कारबाही गर्ने कानुन नहुनु दुःखद् रहेको तर्क गरे।

पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशील विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि शेयर बजारलाई जुवाघर,अनउत्पादन क्षेत्र र सम्राराज्यवादको विस्तारित रूपजस्ता विचारले बजार विकास हुन नसकेको नेपालले बताए।

शेयर बजार एकदमै संवेदनशील क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरूले शेयर बजारको विषयमा बोल्नुपर्ने जरुरी नभएको बताए। पछिल्लो समय नेपाल राष्ट्र बैंकले मोद्रिक नीतिमार्फत शेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सधैं बजारप्रति सकारात्मक रहेको उनको भनाइ थियो।

मौद्रिक नीतिमा ४/१२ करोडको सीमा तोक्ने समय गलत भएको धारणा उनले राखे। अब नेप्सेलाई सरकारले निजी साझेदारीका रुपमा अगाडि बढाएर विकास र विस्तार गर्नुपर्ने समय आएको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved