नेकपा एस र नेकपा (जनवादी) बीच एकता

नेपालभ्युज

नेकपा एस र नेकपा (जनवादी) बीच एकता

काठमाडौं। नेकपा एकिकृत समाजवादी र नेकपा (जनवादी) पार्टीबीच एकिकरण भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकिकरण सभामा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जनवादी पार्टीका नेता देवेन्द्रसिंह महतालगायत पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए।

नेकपा एमालेबाट विभाजित भएर यसै वर्ष पार्टीका पूर्व महासचिव माधव नेपाल नेतृत्वमा नेकपा एस गठन भएको हो। त्यस्तै, २०६२ सालदेखि नेकपा माओवादीबाट अलग भएका महताले पछिल्लो समय नेकपा (जनवादी) पार्टी गठन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved