मेडिकल कलेज र निजी अस्पताललाई खोप केन्द्र सञ्चालनको अनुमति

नेपालभ्युज

मेडिकल कलेज र निजी अस्पताललाई खोप केन्द्र सञ्चालनको अनुमति

काठमाडौं। सरकारले सबै मेडिकल कलेज र ५० सय्याभन्दा बढी क्षमताका निजी अस्पतालहरूलाई पनि कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० सय्याभन्दा बढी क्षमताका निजी अस्पतालले जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी खोप केन्द्र स्थापना गर्न सक्नेछन्।

अस्पतालले १८ वर्ष माथिका नेपाली नागरिकलाई सरकारको नियम अनुसार कोभिड १९ विरुद्धको खोप बिहान ९ देखि बेलुका ५ बजेसम्म खोप लगाउँन सकिने मन्त्रालयले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved